ad ad

समाज


भारतबाट नेपालमा रकम ल्याउन हुण्डी कारोबारी सक्रिय, १३ लाखसहित दुई जना पक्राउ

भारतबाट  नेपालमा रकम ल्याउन हुण्डी कारोबारी सक्रिय, १३ लाखसहित  दुई जना  पक्राउ

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १२:३५,

भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुई जना हुन्डी कारोवारीलाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ।

भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशंकर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८ वर्षीय अशोककुमार झालाई पक्राउ गरेको हो।

भारतको लौकाहाबाट बिआर३२एच ०३३५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उहाँहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .