ad ad

समाज


राष्ट्रपति भण्डारीद्वारा अयोध्याका जन्तीलाई जनकपुरमा स्वागत

राष्ट्रपति भण्डारीद्वारा अयोध्याका जन्तीलाई जनकपुरमा स्वागत

जनकपुरधाम
मंसिर १३, २०७६ शुक्रबार १२:५१,

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको अयोध्याबाट आएका रामका जन्तीलाई जनकपुरमा स्वागत गरेकी छन्। एतिहासिक रंगभूमि मैदान बाह्रविघामा सीताराम विवाहपञ्चमी महोत्सव मूल समारोह समितिले आयोजन गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले फूलमाला तथा दोसल्ला ओढाउँदै जन्तीलाई स्वागत गरेकी हुन्।

त्यस्तै, जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवलेसमेत राष्ट्रपति भण्डारीलाई स्वागत गरेका छन्। प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने साधुशन्तका जन्ती यसवर्ष पनि आएकाले उनीहरुलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आएकी थिइन्।

IMG_9690.JPG

जन्तीको स्वागत कार्यक्रममा संघीय सरकारका भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, नागरिक उडयन तथा पर्यटन मन्त्री योगश भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरी लगायत प्रदेश २ सरकारका मन्त्रीहरुसमेतको सहभागिता थियो।

विवाहपञ्चमी समारोहमा हुने भीडभाडलाई मध्यनजर गर्दै यसवर्ष राष्ट्रपति भण्डारी दुईदिन अघि नै जनकपुर आएर जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना समेत गरेकी छन्।

janti.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .