ad ad

समाज


लन्डनमा चक्कु आतंक, पुलिसद्वारा एकजनामाथि गोलिप्रहार

लन्डनमा चक्कु आतंक, पुलिसद्वारा एकजनामाथि गोलिप्रहार

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १७:५,

बेलायतको राजधानीस्थित लन्डन ब्रिजमा केहि व्यक्तिहरुमाथि चक्कु प्रहार गरि आतंक सिर्जना भएपछि त्यहाँको प्रहरीले एकजनालाई गोली हानी नियन्त्रणमा लिएको छ।

कैयौँ मानिसहरुलाई घाइते बनाएपछि पुलिसले आक्रमणमा संलग्न एकजना व्यक्तिमाथि गोलि प्रहार गरेको भनी लन्डन शहरको मेट्रोपोलिटन पुलिसलाई उद्धृत गर्दै बिबिसी लगायतका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन।

समाचार एजेन्सीहरुका अनुसार शंकास्पद् व्यक्तिमाथि धेरै पटक गोली प्रहार गरिएको थियो । व्यस्त शहरमा दिउँसो भएको सो घट्नाका हुँदाको परिस्थिति भने निकै अस्पष्ट रहेको एजेन्सीहरुले जनाएका छन्।

त्यहाँ पुलिसले स्थानीय तथा अन्य व्यक्तिहरुलाई पुलिसको निर्देशन अनुसरण गर्न भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .