त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा प्रत्येक वर्ष मनाइने सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पूर्व सन्ध्यामा जानकी मन्दिर झकिझकाउ बनाइएको छ।
सप्ताहव्यापी विवाहपञ्चमीको छैठौं दिन भोली आइतबार हुने राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई दुलहीघर झैं सजाइएको हो। रंगीबिरंगी चिकमिके बल, फूल लगायतले सजाइएपछि जानकी मन्दिर निकै आकर्षक देखिएको छ। मन्दिरलाई रंगरोगज तथा सृंगार्ने काम एकमहिना अघिदेखि चलेको थियो।
राम र जानकीको जनकपुरको धार्मिक तथा एतिहासिक सरोवर गंगासागरमा मटकोर विधि गरिएको छ। आज दिउँसो जानकी मन्दिरबाट झाँकी किर्तनसहित जानकी मन्दिरबाट जानकीको डोला र राम मन्दिरबाट भागवान रामको डोला निस्केर बाह्रविघा मैदानमा पुगि डोला फेर गरी स्वयम्वर हुन्छ।
स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगरपरिक्रमा गरी जानकी मन्दिर पुगेर साँझ विवाहको कार्यक्रम हुने छ। रातभरी विवाहको कार्यक्रम भई सोमबार बिहान अयोध्याबाट जन्ती आएका साधुशन्तालाई ५६ व्यञ्जन मिस्टान परिकार खुवाएर, लताकपडा सहित विदाई गरी विवाहपञ्चमी सम्पन्न हुने छ। विवाहपञ्चमीको अन्तिम दिनलाई राम कलेवा भन्ने गरिन्छ।
विवाहपञ्चमीमा सहभागी हुन देशको विभन्न भाग तथा छिमेक देश भारतको विभिन्न स्थानबाट दशौं हजार दर्शनार्थी जनकपुर आउने क्रमा जारी छ।
प्रतिक्रिया