जापानी राजदूत एचई किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच हलचोकमा भेटवार्ता भएको छ।
उक्त भेटवार्तामा दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको र सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनबारे जानकारी गराइयो।
त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहँदै विपद् व्यवस्थापनमा अहम भूमिका खेलेको पनि जाकारी दिइएको छ।
जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनाबारे समेत भेटमा छलफल भएको छ।
त्यस अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधैँ सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालनबारे चासो राखेका थिए।
भेटवार्तामा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का पनि सहभागी थिए।
Shares
प्रतिक्रिया