चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–९ घर भइ हाल ललितपुरको पुल्चोक बस्ने गोठपानी गाविस–५ का ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन्।
लामालाई काठमाडौं जिल्ला अदालतको मिति २०७७ माघ २५ गते भएको फैसला बमोजिम विगो १ करोड २० हजार चेक जारी भएको मितिदेखि भरी भराउ मितिसम्म कानुन बमोजिम हुने ब्याजसमेत निवेदकलाई भराइ दिने ठहर भएको थियो।
फरार रहेका उनलाई काठमाडौं जिल्ला अदालतको मिति २०७९ असार १० को आदेश बमोजिम २ वर्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले लामालाई बुधबार काठमाडौंको बालुवाटारबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।
414
Shares
प्रतिक्रिया