लमजुङमा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
जिल्लाको बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस बिहान पौने ८ बजेतिर पाउँदीनजिकको प्रहरी बिट र सिमलको बोटको बीचमा रोकेर राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा खसेको हो।
दुर्घटनामा ३५ वर्षीया महिलाको मृत्यु भएको तर उनको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि सुन्दरबजार कर्मदा अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिएश्र
दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ जनालाई उपचारका लागि चितवन लगिएको छ भने एक जनाको स्थानीय कर्मदा अस्पताल मा उपचार भइरहेको छ। दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले घाइतेको उद्धार गरेका थिए ।
3
Shares
प्रतिक्रिया