कोरोना भाइरसको संक्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ६ हजार ३ सय परीक्षणमध्ये १ हजार ९० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ। यस्तै, आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई ४३८ घर फर्किएका छन्।
आज सङ्क्रमणबाट २ जनाको निधन भएको छ।
कोरोनाबाट अहिलेसम्म ११ हजार ९७४ को संक्रमणबाट निधन भएको छ । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २ सयभन्दा बढी संक्रमित भएका जिल्ला मोरङ रहेको छ। संक्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन्।
यस्तै, होम आइसोलेसनमा पाँच हजार पाँच सय ९३, संस्थागत आइसोलेसनमा दुई सय १३, सघन उपचार कक्ष (आईसीयू)मा ६१ जना र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा १ लाख ७१ हजार ८३७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
Shares
प्रतिक्रिया