ad ad

समाज


दुइटा प्रदेशमा ठूलो वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

दुइटा प्रदेशमा ठूलो वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०७९ सोमबार ६:५१, काठमाडौँ

अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामानय बदली रहनेछ। 

‘दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ’, मौसमविद् महर्जनले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्। 

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .