मेरियम वेब्स्टर डिक्सनरीले ‘दे’ लाई वर्ष शब्द घोषणा गरेको छ। हालै उक्त डिक्सनरीले यो शब्दको नयाँ परिभाषा समेत थपेको छ।
पछिल्लो समय आफूलाई महिला वा पुरुष भनी छुट्याउन नचाहने व्यक्तिहरुले एकवचन सर्वनामका रुपमा ‘दे’ को प्रयोग गर्न थालेका छन्। डिक्सनरीले त्यसैलाई मान्यता दिएको छ।
त्यसअघि तेस्रो पुरुष बहुवचन सर्वनामको रुपमा मात्र यो शब्दको प्रयोग हुँदै आएको थियो।
मेरियम वेब्स्टरको वेबसाइटमा यो वर्ष २०१८ को भन्दा ‘दे’ शब्द ३ सय १३ प्रतिशत बढी सर्च भएको छ।
गत मार्चमा बेलायती पपस्टार साम स्मिथले आफू ‘नन–बाइनरी’ भएको भन्दै आफूलाई ‘दे/देम’ सर्वनाम प्रयोग गर्न आग्रह गरेका थिए। एजेन्सी
प्रतिक्रिया