ad ad

समाज


जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा २ को मृत्यु, ४ जना घाइते

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा २ को मृत्यु, ४ जना घाइते

गोकुल जोशी
मंसिर २५, २०७६ बुधबार ५:४५,

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

जिल्लाका महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले नेपालखबरलाई जानकारी दिए।

अन्य घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद रहेका छन्।

jangali hatti 1

बुधबार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो। जंगल कति जना गएको भन्ने नखुलेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि भारतीय सहर खटिमा पठाइएको छ।

यसअघि शुक्लाफाँटा नगरपालिकामा समेत जंगली हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको थियो। 

jangali hatti 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .