ad ad

समाज


पल शाहको मुद्दा फैसलातर्फ- तनहुँ अदालतमा बुधबारका लागि पेशी तोकियो, सुनुवाइ हुँदै

पल शाहको मुद्दा फैसलातर्फ- तनहुँ अदालतमा बुधबारका लागि पेशी तोकियो, सुनुवाइ हुँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार १३:४०, काठमाडौँ

नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पलह शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ। 

शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा तोकिएको हो। 

शाहविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि तनहुँ अदालतमा बुधबारदेदि सुनुवाइ सुरु हुनेछ। उता नवलपुर अदालतमा भने ८ गतेका लागि तोकिएको पेशी स्थगित गरेर आगामी भदौ २१ सम्मलाई सारिएको छ। 

जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा लगाउने क्रममा पललाई थुनामै राख्ने या रिहा गर्ने गरी फैसला सुनाउन सक्नेछ। 

नाबालिग गायिकामाथि बलात्कार अभियोगसहित गत फागुन २१ गते उनका बाबुले तनहु प्रहरीमा किटाणी जाहेरी दिएका थिए।

त्यसपछि पाँच दिनसम्म लुकेर बसेका उनी फागुन १५ गते तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए। 

यो प्रकरणमा पीडित नाबालिग गायिका र उनका बाबु होस्टाइल भए पनि तनहुँ अदालतले शाहलाई गत चैत १० गते पुर्पक्षका लागि तत्काललाई थुनामा पठाइदिएको थियो।

जिल्लाको आदेशपछि शाह उच्च अदालत पोखरा पुगेका थिए। त्यहाँ उनले आफू निर्दोष रहेको भन्दै निवेदन दिएका थिए। 

जिल्ला अदालत तनहुँले चैत १० गते र त्यसपछि नवलपुरले पनि उनलाई थुनामा पठाउने आदेश नै दिएको थियो। आफूलाई दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। उनको निवेदनमाथि जेठ १९ गते सुनुवाइ भएको थियो।

तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि पल थुनामै परेका हुन्। उच्च अदालतले पललाई थुनामुक्त गर्न आदेश नदिए पनि निरन्तर सुनुवाइमा राखि यथाशिघ्र फैसला गर्न भनेको थियो। 

पललाई बलात्कारको आरोप लगाउँदै जाहेरी दिने किशोरी र उनका बुबाले बयान फेरिसकेका छन्। उनीहरु दुवैले जाहेरीमा भनेजस्तो पलले बलात्कार नगरेको बताएका छन्।

पीडित होस्टाइल भएको प्रमाण उच्च अदालतमा पनि पेश गरिएको थियो। उच्चले त्यसलाई समेत उल्लेख गर्दै छिटो फैसला गर्न जिल्लालाई भनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .