ad ad

समाज


भारतीय सेना प्रमुख पाँडे बुधबार मुस्ताङ जाँदै

भारतीय सेना प्रमुख पाँडे बुधबार मुस्ताङ जाँदै

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १८:४, काठमाडौँ

भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाँडे बुधबार मुस्ताङ जाने भएका छन्। 

जनरल पाण्डेले बुधबार मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्ने भएका छन्।

उनले मुक्तिनाथ दर्शन गरेपछि फर्किएर पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गर्ने कार्यक्रम छ। 

मंगलबार पाँडेले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

उनी प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका हुन्। 

सोमबार जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए। 

यसअघि उनले मंगलबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका थिए। 

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतसँग अन्तक्रिया गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .