काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन्। पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन्।
गोली लागेर सर्लाही गोडैता नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ। मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको छ।
कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो।
अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ। एसएसपपी भरत बोहराले आफू अहिले घटनाकै अप्रेसनमा रहेको बताए। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।
216
Shares
प्रतिक्रिया