ad ad

समाज


खोलाकिनारमा गाडी, कपडा छाडेर कहाँ गए बाबु–छोरा?

खोलाकिनारमा गाडी, कपडा छाडेर कहाँ गए बाबु–छोरा?

फाइल फाेटाे


नेपालखबर
असोज १८, २०७९ मंगलबार १४:४०, सङ्खुवासभा

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए। उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका छन्। 

बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताए। प्रदेश १–०२–००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी गर्न दुई प्रहरी निरिक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए। बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकका रुपमा कार्यरत थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .