लमजुङमा पनि मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।
लमजुङ जिल्ला प्रहरी कार्यालयका अनुसार राँगाको मासु खाँदा घाँटीमा अड्किएर जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका ४९ वर्षीय शमशेरबहादुर परियारको मृत्यु भएको हो।
सोमबार राँगो काटेको र घरमा मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको थियो।
तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि शव मंगलबार (आज) परिवारलाई बुझाइएको छ।
चितवनमा पनि मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको थियो।
याे पनि : चितवनमा मासु घाँटीमा अड्किएर मृत्यु
72
Shares
प्रतिक्रिया