ad ad

समाज


दोलखा बस दुर्घटनमा निधन भएका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

दोलखा बस दुर्घटनमा निधन भएका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १२:१७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा बस दुर्घटना निधन भएका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको माग गरेका छन्।

दोलखाबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ ख ४४६८ बस आइतबार बिहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।

आइतबार साँझ अध्यक्ष प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै सो दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षेतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग माग गरेका हुन्।

 ‘दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस लामोसाघु जिरी सडकमा दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको खबरले मर्माहत भएको छु’, अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु।उक्त दुर्घटनमा निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गर्दछु।’

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनालका अनुसार दुर्घटनास्थलमा १४ जना मृत भेटिएका छन्।जसमा ८ महिला, ४ पुरुष, १ बालक र १ बालिका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .