ad ad

समाज


पहाडी भेगमा आंशिक बदली, एक–दुई स्थानमा पानी पर्ने सम्भावना

पहाडी भेगमा आंशिक बदली, एक–दुई स्थानमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार ६:४२, काठमाडौँ

अहिले (शुक्रबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली छ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार दिउँसो पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यसबाहेक दिउँसो सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यसैबीच आज बिहान ५:४५ को मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री रहेको मौसमविद्ले बताएका छन्। पुनः अहिले ८:४५ बजे तापक्रमको अपडेट लिइनेछ। जतिबेला देशका अन्य स्थानमा न्यूनतम तापक्रमको विवरण पनि आउने छ।

यसअघि हिजो बिहीबारको मापनअनुसार देशका विभिन्न स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम यस्तो छ :


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .