ad ad

समाज


आज मौसम कहाँ कस्तो?

आज मौसम कहाँ कस्तो?

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ७:१, काठमाडौँ

हाल (आइतबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको अवस्था हो भने सामान्यतया सफा भनेको आकाश २५ प्रतिशत बादलले ढाकेको अवस्था हो। 

महाशाखाका अनुसार आज दिउँसो पनि पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस छ। आजको आधिकरिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि प्रकाशन हुनेछ। 

हिजो शनिबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम यस्तो छ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .