ad ad

समाज


तराईबाहेक देशभर मौसम बदली, पानी पर्छ?

कहाँको तापक्रम कतिमा झर्‍यो?
तराईबाहेक देशभर मौसम बदली, पानी पर्छ?

फाइल फाेटाे


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ६:४३, काठमाडौँ

अहिले (सोमबार बिहान) तराई क्षेत्रबाहेक देशभर मौसम बदली भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला प्रदेश १ को तराई भूभाग र मधेस प्रदेशबाहेक देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। 

‘प्रदेश १ को तराई भूभाग र मधेस प्रदेशमा भने मौसम सामान्यतया सफा छ’, मौसमविद् बासीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘पहाडी भेगमा हल्काफुल्का वर्षाको सम्भावना पनि छ। तर त्यस्तो असरै पुर्याउने खालको वर्षा हुँदैन।’

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको,  सामान्य बदली भनेको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको, सामान्यतया सफा भनेको आकाश २५ प्रतिशत बादलले ढाकेको अवस्था हो। पूर्ण बदली भनेको चाहिँ आकाश ८८ प्रतिशतभन्दा बढी बादलले ढाकेको अवस्था हो। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली  रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यसैबीच आज बिहान ५ः४५ मा गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.६ डिग्री सेल्सियस रहेको जानकारी मौसमविद् बासीले दिइन्। आजको आधिकारिक न्यूनतम तापक्रम भने पुनः बिहान ८ः४५ बजे मापन गरिनेछ। त्यसबेला देशका अन्य स्थानमा न्यूनतम तापक्रम पनि सार्वजनिक हुनेछ। 

हिजो आइतबारको मापनअनुसार भने देशका विभिन्न स्थानका तापक्रम विवरण यस्तो छ :  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .