ad ad

समाज


पूर्वी नेपालमा भूकम्प गएको तीन दिनपछि नै पश्चिममा धक्का

पूर्वी नेपालमा भूकम्प गएको तीन दिनपछि नै पश्चिममा धक्का

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार २१:२३, काठमाडौँ

मंगलबार साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार बेलुकी ९ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो।

कालिकोट, दैलेख, सुर्खेतलगायतका पश्चिमी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमासमेत भूकम्पको धक्का महशसुस गरिएको स्थानीयले जनाएका छन्।

सुदूरपश्चिमका दाङ, बझाङ, प्युठानलगायत जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको हो।

तीन दिनअघि मात्रै पूर्वी नेपालमा भूकम्प गएको थियो। 

आइतबार राति १० बजेर १८ मिनेटमा प्रदेश १ का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लामा महसुस भएको थियो। 

यूरोपीय–भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ४.४ म्याग्निच्यूडको भनेको थियो। जसको केन्द्रबिन्दु नेपाल–चीन सीमानजिकै रहेको बताइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .