ad ad

समाज


मनसुन बाहिरिएयता पहिलोपटक शून्य डिग्रीबाट तल झर्‍यो तापक्रम

मनसुन बाहिरिएयता पहिलोपटक शून्य डिग्रीबाट तल झर्‍यो तापक्रम

फाइल तस्बिर : जुम्ला


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ७:४५, काठमाडौँ

नेपालमा दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो क्रममा छ। 

यस क्रममा देशबाट मनसुन (वर्षा याम) बाहिरिएयता पहिलोपटक तापक्रम शून्य डिग्रीबाट पनि तल झरेको छ। महाशाखाको रेकर्डअनुसार जुम्लामा मंगलबार न्यूनतम तापक्रम माइनस शून्य दशमलव तीन (–०.३) डिग्री सेल्सियसमा झरेको हो। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार मनसुन बिदा भएयता तापक्रम माइनसमा झरेको पहिलोपटक हो। यस वर्षको मनसुन केही दिन ढिला गरी गत अक्टोबर १६ मा नेपालबाट बाहिरिएको हो। नेपालबाट मनसुन हट्ने औसत मिति अक्टोबर २ तारिख हो। 

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस देखिएको मौसमविद् अधिकारीले जानकारी दिए। यो तापक्रम पुनः अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक हुनेछ। 

हिजो मंगलबारको मापनअनुसार भने देशका विभिन्न स्थानका तापक्रम यसप्रकार छ - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .