पश्चिमी वायुको प्रभावले आज पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
आज अपराह्नतिर काठमाडौं उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको महाशाखका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। ‘तर त्यो सम्भावना निकै कम छ’, उनले भने।
यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ।
अहिले बिहान भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ। देशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
वर्षा र हिमपात हुने सम्भावना रहेकाले महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला। साथै तापक्रममा कमी आउने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।’
यसैबीच आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। यो तापक्रम अहिले ८:४५ बजे पुनः अपडेट गरिनेछ। त्यसबेला देशका विभिन्न स्थानमा तापक्रम पनि सार्वजनिक हुनेछ।
हिजो बुधबारको मापनअनुसार भने देशका विभिन्न स्थानका तापक्रम विवरण यस्तो छः
Shares
प्रतिक्रिया