आज राति केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
तर प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। यसैगरी देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ।
महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।
Shares
प्रतिक्रिया