ad ad

समाज


चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट पनि तल झर्‍यो

चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट पनि तल झर्‍यो

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार ७:३०, काठमाडौँ

देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहानको मापनमा काठमाडौं उपत्यकको तापक्रम ९.७ डिग्री देखिएको हो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो। केही दिनयता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले ओरालो लागिरहेको छ। 

मौसमविद् अधिकारीका अनुसार अस्ति बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री थियो भने चार दिनअघि (नोभेम्बर ८ तारिखमा) १२.५ डिग्री सेल्सियस थियो। तर यस अगाडि नोभेम्बर ३ तारिखमा भने काठमाडौं उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार तापक्रम घटीबढी हुने भए पनि मूलतः घट्दो क्रममै छ। 

देशका अन्य स्थानका न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे प्रकाशन गर्नेछ। 

हिजो शुक्रबारको तापक्रम विवरण भने यस्तो छ : 

आजको मौसम
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका पहाडी भेगमा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रही र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। साथै दिउँसो प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र  हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

बुलेटिनअनुसार आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।  
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र  हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .