ad ad

समाज


यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना

यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ७:२२, काठमाडौँ

देशमा पश्चिमी वायुको हल्का प्रभाव छ भने यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी  भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

यस्तै आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भेगका आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

यसैबीच अहिले दैनिक रूपमा तापक्रम घट्ने र चिसो बढ्ने क्रम चलिरहेको छ। 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज बिहान ६ बजेको मापनअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस छ। ‘हामी फेरि ८:४५ बजे पुनः अपडेट गरिन्छ, त्यतिबेला तापक्रम केही घट्न सक्छ।’ हिजो आइतबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। 

अहिले बिहान पौने ९ बजे देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि मौसम महाशाखाले प्रकाशन गर्नेछ। 

हिजो आइतबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यस्तो छ :

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन हुन अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .