ad ad

समाज


वर्षा र हिमपातको सम्भावना कहाँ–कहाँ छ? यस्तो छ ३ दिनसम्मको मौसम अनुमान

वर्षा र हिमपातको सम्भावना कहाँ–कहाँ छ? यस्तो छ ३ दिनसम्मको मौसम अनुमान

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ७:१६, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (मंगलबार) सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले जारी गरेको बुलेटिनअनुसार मंसिर १ गते रातिसम्म देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छन्। 

हेर्नुहोस् ३ दिनसम्मको मौसम अनुमान गरिएको यो बुलेटिन -

कार्तिक २९ गते 
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशको कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम ,कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कार्तिक ३० गते
दिउँसो : देशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंसिर ०१ गते
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ।

तापक्रम विवरण 
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस छ। अहिले बिहान ८:४५ बजे तापक्रम अपडेट गरिनेछ। त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि प्रकाशन गर्नेछ। 

हिजो सोमबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रमको  विवरण यस्तो छ :

महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन हुन अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .