ad ad

समाज


सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

नेपालखबर
पुस ३, २०७६ बिहिबार ८:२४,

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडीएसएल) अवरुद्ध भएको छ।

अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा बिहीबार बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए। उनले भने, ‘बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ। सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ।’

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ। सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ।

नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति दु्रत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्करुपमा वितरण गरेको छ।

जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्करुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताए। उनले भने, ‘इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .