ad ad

समाज


केही स्थानमा वर्षा र हिमपातको सम्भावना, कहाँको तापक्रम कति पुग्यो?

केही स्थानमा वर्षा र हिमपातको सम्भावना, कहाँको तापक्रम कति पुग्यो?

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार ६:४८, काठमाडौँ

हाल (बिहीबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाले  जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन हुन अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

तापक्रम
मौसम महाशाखाका अनुसार देशभर क्रमिक रूपमा तापक्रम घट्ने क्रम जारी छ। मौसमविद् हीरा भट्टराईका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस छ। पुनः ८:४५ बजे यो अपडेट गरिनेछ, त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले प्रकाशन गर्नेछ। 

हिजो बुधबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम  यसप्रकार छ  :


  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .