ad ad

समाज


चुनावका दिन देशभर मौसम कस्तो होला?

चुनावका दिन देशभर मौसम कस्तो होला?

फाइल तस्बिर : मौसमविद् वरुण पौडेल


नेपालखबर
मंसिर ३, २०७९ शनिबार ८:१५, काठमाडौँ

देश संघीय प्रणालीमा लगिएपछि दोस्रोपटक भोलि मंसिर ४ गते प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा हुँदै छ। त्यस दिन देशभरका मतदाता आआफ्ना मतदान केन्द्रमा पुगेर भोट खसाल्नेछन्। 

चुनावका दिन (मंसिर ४ गते) देशभर मौसम कस्तो होला?

शनिबार बिहान नेपालखबरले राखेको जिज्ञासामा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘मौसम एकदम सफा हुन्छ, त्यस्तो केही पनि छैन। गण्डकी प्रदेशका एक दुई ठाउँ भन्नाले मनाङभन्दा माथितिर हिमपात हुन सक्छ, तर त्यस्तो हाइलाइट गर्नुपर्ने खालको छैन।’

तर जाडोको समय भएकाले बिहान–बेलुका चिसो हुने हुँदा त्यसबेला बाक्ला लुगा भने लगाउनुपर्ने उनले बताए। 

‘बिहान कतै हुस्सु पनि लाग्न सक्छ, तर त्यो पनि घाम लागेपछि हट्छ’, उनले भने। 

उनका अनुसार भोलि र पर्सि सामान्यतया मौसम सफा रहनेछ। मौसमका कारण मतदानमा कुनै समस्या नहुने मौसमविद् पौडेलको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .