ad ad

समाज


सञ्चारकर्मी महावीर विश्वकर्माको निधनले राष्ट्रिय दलित पत्रकार संघ मर्माहत, दुर्घटनाको छानबिन गर्न माग

सञ्चारकर्मी महावीर विश्वकर्माको निधनले राष्ट्रिय दलित पत्रकार संघ मर्माहत, दुर्घटनाको छानबिन गर्न माग

महावीर विश्वकर्मा


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:४५, काठमाडौँ

राजनीतिकर्मीसमेत रहेका सञ्चारकर्मी महावीर विश्वकर्माको निधनप्रति राष्ट्रिय दलित पत्रकार संघले गहिरो दुःख व्यक्त गरेको छ। 

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता विश्वकर्माको आज बिहान गृहजिल्ला चितवनमा भएको गाडी दुर्घटनामा परी निधन भएको हो। चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्किंदै गरेका उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रो बस चितवनकै राप्ती नगरपालिका–६ हर्दीमा रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो। दुर्घटनामा अन्य चार यात्रु पनि घाइते भएका छन्। 

राष्ट्रिय दलित पत्रकार संघले मंगलबार विज्ञप्ति जारी गरी विश्वकर्माको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। यस दुःखद् घडीमा शोक सन्तप्त परिवारप्रति संघले समवेदना प्रकट गरेको छ। साथै महावीरको ज्यान जानेगरी भएको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पनि संघले माग गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .