ad ad

समाज


गोर्खा भर्ती छनौटमा विभेदकाे नमूना ‘डोको दौड’

गोर्खा भर्ती छनौटमा विभेदकाे नमूना ‘डोको दौड’

वाशुदेव मिश्र
पुस ४, २०७६ शुक्रबार १२:८,

एक पूर्वगोर्खा सैनिकले गोर्खा भर्ती छनौट प्रक्रियामा विभेद हुँदै आएको आरोप लगाएका छन्। गोर्खा जस्टिस नामक संस्थाको संयोजकको रुपमा शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै नरेश गुरुङले गोर्खा भर्ती छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी नभएको जिकिर गरेका हुन्। 

‘गोर्खा भर्ती छनोट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुन्छ भनिए पनि त्यस्तो भएको पाइदैन’, उनले भने,‘गोर्खा भर्ती पूर्ण रुपमा विभेदयुक्त हुँदै आएको छ।’ संयोजक गुरुङले भने। उनले पूर्व र पश्चिमबाट पचास/पचास प्रतिशत भर्ती लिने प्रावधानले नै गोर्खा भर्ती छनोटको मापदण्ड निष्पक्ष नभएको दाबी गरे।

‘पूर्वी क्षेत्रमा साविकका ४ वटा अञ्चल मात्रै पर्छन्। जहाँ थोरै जिल्ला छन्। पश्चिममा साविकका १० अञ्चल पर्छन यसले गर्दा पूर्वको तुलनाका पश्चिमका युवालाई कम अवसर हुने भएकाले यसलाई रद्द गर्नुपर्छ’ संयोजक गुरुङले भने,‘पूर्व र पश्चिम भनेर छट्याउनु नै विभेदको नमुना हो।’ उनले भर्ती छनौट गर्दा युवाको क्षमता प्रदर्शन र योग्यताको आधारमा गर्नुपर्छ।’

संयोजक गुरुङले गोर्खा भर्तीका मामलमा काठाडमौं उपत्यकाका युवाहरुलाई बेलायती सेनामा भर्ती नलिएको प्रति पनि आपत्ति जनाए। नेपाली नागरिक भएको नाताले उनीहरूलाई बेलायती सेनामा भर्ती हुन ‘समान अवसर’ दिइनु पर्ने उनको भनाई थियो।

गोर्खा जस्टिसले बेलायती सेनामा भर्ती हुँदा हुने ‘डोको दौड’ लाई तुरुन्तै रोक्नुपर्ने माग समेत गरेको छ। बेलायती सेनामा ‘डोको दौड’ को प्रावधान नभएकाले गोर्खाली युवालाई मात्रै ‘डोको दौड’ राखिनु भेदभावपूर्ण रहेको जस्टिसको दाबी छ।

ज्स्टिसका संयोजक नरेश गुरुङले पोखरा ब्रिटिस क्याम्पका प्रमुख डिआरो स्याण्डी नाइटिङ्गेललाई गोर्खा भर्ती छनोटमा विभेद गरिनुको कारण पटकपटक सोध्दा समेत जवाफ नआएकाले पत्रकार सम्मलन गरी विभेदबारे जानकारी गराएको बताए।

‘हामीले भर्ती छनोटमा गरिने विभेदबारे पटकपटक पत्राचार गरेर जवाफ माग्यौं। तर सही जवाफ आएन। मेजर नाइटिङ्गेलले माथिल्लो निकायले कुनै खबर नगरेको पत्रचार गरे’ संयोजक गुरुङले भने,‘पहिलो प्रयासस्वरुप पत्रकार सम्मेलन गरेका हौं। अब हामी कानुनी रुपमा लाग्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .