ad ad

समाज


अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म कम्पन

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म कम्पन

नेपालखबर
पुस ४, २०७६ शुक्रबार १२:२५,

अफगानिस्तानमा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । भारत तथा पाकिस्तानका सञ्चार माध्यमहरुले दुवै देशको विभिन्न भागमा भूकम्पको धक्का महशुस गरिएको जनाएका छन् ।

पाकिस्तानको लाहोर, इस्लामावाद, पेशावर, मनसेरासहितको विभिन्न सहरहरुमा धक्का महशुस गरिएको जनाएका छन् । त्यसैगरी भारतको राजधानी दल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको बताएका छन् । भूकम्पले उत्तर पश्चिम भारतीय क्षेत्रमा समेत धक्का महशुस गरिएको जनाएको छ । मथुरा, लखनउ, इलाहवाद, भारत प्रशासित जम्मु तथा कश्मिरमा समेत भूकम्प महशुस गरिएको जनाएको छ ।

केन्द्रविन्दु हिन्दुकुश क्षेत्रमा गएको सो भूकम्प सतहभन्दा २ सय १० किमी गहिराई भएको बताइएको छ । भूकम्पले के कति क्षति गर्‍यो भन्ने विषयमा विवरणहरु आएको छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .