ad ad

समाज


अध्ययन भन्छः वातावरण विनाशमा मोटा मानिसको भूमिका बढी

अध्ययन भन्छः वातावरण विनाशमा मोटा मानिसको भूमिका बढी

नेपालखबर
पुस ६, २०७६ आइतबार १३:१,

मोटा मानिसले वातावरण विनाशमा बढी भूमिका खेल्ने गरेको एक नयाँ अध्ययनले देखाएको छ।

सामान्य तौल भएका मानिसले भन्दा मोटा व्यक्तिले बढी ग्रिन हाउस ग्यास उत्पादन गरेर पृथ्वीलाई बढी क्षति पुर्‍याइरहेको सो अध्ययनको निष्कर्ष छ।

दि ओबेसिटी सोसाइटीद्वारा प्रकाशित जर्नल ओबेसिटीमा प्रकाशित उक्त अध्ययन अनुसार अत्यधिक तौल भएका व्यक्तिको संख्या बढी हुँदै जाँदा मानिसका कारण वायुमण्डलमा प्रवेश गरिरहेको कार्बन डाइअक्साइडको मात्र कम गर्न असम्भव हुँदै गएको छ।

कम तौल भएका मानिसले भन्दा बढी तौल भएका मानिसले २० प्रतिशत बढी कार्बन डाइअक्साइड उत्पादन गर्छन् भन्ने तथ्यमा यो अध्ययन आधारित छ। त्यस्तै, शरीरको तौल बढी भएका व्यक्तिलाई बढी खाना र पेय आवश्यक पर्ने, जसका कारण कार्बन डाइअक्साइडको मात्र बढ्ने अध्ययनको दाबी छ। त्यस्तै, यात्रा गर्दा पनि मोटा मानिसले बढी कार्बन उत्सर्जन गर्ने अध्ययनको भनाइ छ।

अध्ययनका अनुसार मोटा व्यक्तिले औसत तौल भएका व्यक्तिभन्दा शारीरिक चयाअपचय प्रक्रियाका कारण प्रतिवर्ष ८१ किलो कार्बन डाइअक्साइड उत्पादन गर्छन्। त्यस्तै, बढी खानपानका कारण ५९३ किलो र यातायातमा बढी तौलका कारण ४७६ किलो कार्बन डाइअक्साइड उत्पादन गर्छन्।

मोटा मानिसहरुले प्रतिवर्ष ७ सय मेगाटन थप कार्बन डाइअक्साइड उत्सर्जन गर्ने अध्ययनको अनुमान छ।

तर, यो अध्ययनको निष्कर्षको आधारमा मोटा व्यक्तिलाई अपमानित गर्ने कार्य अस्वीकार्य हुने पनि अध्ययनका लेखकहरुले स्पष्ट पारेका छन्।

यसअघि फ्रन्टियर्स इन न्युट्रिसन नामक जर्नलमा प्रकाशित एक अध्ययनले पनि बढी खाने व्यक्तिहरुका कारण वातावरणमा नकारात्मक असर परेको जनाएको थियो।

आवश्यकताभन्दा बढी खाना खाएर संसारभरका मानिसले एक सय ४० अर्ब टनभन्दा बढी खाद्यान्न नष्ट गरेको अध्ययनको अनुमान थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .