ad ad

समाज


बढ्दै चिसो, काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो

बढ्दै चिसो, काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ७:७, काठमाडौँ

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। हिजाे शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। 

अहिले बिहान ८:४५ बजे देशका अन्य स्थानका न्यूनतम तापक्रम सार्वजनिकसँगै उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ।

हिजो शनिबार भने देशका विभिन्न स्थानको तापक्रम यस्तो थियो : 

आजको मौसम

आज सामान्यतया देशभर मौसम सफा रहने मौसमविद् लामिछानेले बताए। उनका अनुसार आज कतै हिमपात वा वर्षाको सम्भावना छैन। 

महाशाखाले जारी गरेको बुलेटिनअनुसार यतिबेला (आइतबार बिहान) देशभर मौसम सामान्यतया सफा छ। देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानमा भने हल्का हुस्सु/कुहिरो लागेको छ। तर यो घामसँगै हटेर जाने मौसमविद्ले बताएका छन्।

बुलेटिनअनुसार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने भए पनि रातिचाहिँ लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .