प्रहरीले अवैध गतिविधिमा संलग्न रहेको आशंकामा काठमाडौँबाट ९७ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी निरजबहादुर शाहीको कमान्डमा काठमाडौँ परिसर र अपराध महाशाखाको संयुक्त टोलीले बालाजु, महाराजगञ्ज र बुढानीलकण्डमा छापा मारेको हो।
सीआईबीका रामदत्त जोशीले आपराधिक क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाका आधारमा डीआईजीकै नेतृत्वमा छापामारी भइरहेको जानकारी नेपालखबरलाई दिए।
‘अहिले टोली फिल्डमै छ, नियन्त्रणमा लिइएका व्यक्तिहरुको छानबिन चलिरहेको छ,’ उनले भने, ‘यसमा अध्यागमन विभागको समेत संलग्नता छ।’
चिनियाँहरुलाई ह्याकिङ तथा ‘ओभरस्टे’ को आशंकामा नियन्त्रणमा लिइएको हो।
प्रतिक्रिया