यतिबेला (शुक्रबार बिहान) तराईका केही स्थानमा हुसु/कुहिरो लागिरहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बुलेटिनअनुसार आज राति भने देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना रहेकाले सजगता अपनाउन सुझाव दिएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेका छ : तराईका केही भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
तापक्रम
आज बिहान ५:४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। यद्यपि अहिले ८:४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक हुनेछ।
बिहीबारको मापनअनुसार भने देशका विभिन्न स्थानमा तापक्रम यस्तो छ :
Shares
प्रतिक्रिया