ad ad

समाज


पासपोर्ट प्राप्ति सहज पार्न गृह मन्त्रालयले विज्ञ समूह बनाई थाल्यो अध्ययन

पासपोर्ट प्राप्ति सहज पार्न गृह मन्त्रालयले विज्ञ समूह बनाई थाल्यो अध्ययन

नेपालखबर
पुस १६, २०७९ शनिबार १२:१, काठमाडौँ

सरकारले राहदानी (पासपोर्ट) वितरण सहज बनाउन अध्ययन सुरु गरेको छ। 

राहदानी वितरण प्रक्रिया लामो र झन्झटिलो भएको जनगुनासो बढेपछि गृह मन्त्रालयले यसको अध्ययनका लागि विज्ञ टोली गठन गरेको हो। 

सूचना प्रविधि विज्ञ सम्मिलित चार सदस्यीय टोलीले अनौपचारिक रूपमा अध्ययन सुरु गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

‘टोलीले अनौपचारिक रूपमा अध्ययन गरिरहेको छ, राहदानी वितरण कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा’, प्रवक्ता पोखरेलले शनिबार बिहान नेपालखबरसँग भने।

समिति औपचारिक रूपमा गठन नगरिएकाले कसको संयोजकत्वमा भन्ने कुरा अहिले नभएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .