ad ad

समाज


तराईमा बाक्लो हुस्सु/कुहिरो, सावधानी अपनाउन सुझाव

तराईमा बाक्लो हुस्सु/कुहिरो, सावधानी अपनाउन सुझाव

फाइल तस्बिर : केही दिनअघि सर्लाहीको हरिवनमा देखिएको हुस्सु


नेपालखबर
पुस २०, २०७९ बुधबार ७:२८, काठमाडौँ

हाल (बुधबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

बुलेटिनअनुसार आज राति प्रदेश १ को पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  तथा तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ८:४५ बजे अध्यावधिक गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .