ad ad

समाज


काभ्रेको जंगलमा मानव कंकाल फेला

काभ्रेको जंगलमा मानव कंकाल फेला

नेपालखबर
पुस १०, २०७६ बिहिबार ३:१३,

काभ्रेको बेथानचोक गाउँपालिका–३ गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ।

बुधबार दिउँसो मानव कङ्काल फेला परेको छ प्रहरीले जनाएको छ।

स्थानीयबासीबाट मानव कंकाल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेरको थियो।

शवको आवश्यक मुचुल्का उठाएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उक्त शवको प्रकृति हेर्दा पुरुष व्यक्तिको जस्तो देखिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .