काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान पौने ९ बजे गरिएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ०.९ मा झरेको हो।
यसअघि आजै बिहान पौने ६ बजेको मापनमा यहाँको न्यूनतम तापक्रम १ डिग्री थियो।
याे पनि : काठमाडौंको तापक्रम १ डिग्री, माइनसमा झर्ने सम्भावना
देशभरमै सबैभन्दा कम तापक्रम जुम्लाको छ। महाशाखाको मापन विवरणअनुसार आज त्यहाँको न्यूनतम तापक्रम माइनस ७.० छ।
त्यसपछि सबभन्दा कम तापक्रम काठमाडौंकै देखिएको छ।
यसपछि डडेल्धुराको १.७, वीरेन्द्रनगरको २.०, ओखलढुंगा र दिपायलको समान ३.५ डिग्री सेल्सियस छ।
यस्तै यसपछि क्रमशः ताप्लेजुङको न्यूनतम तापक्रम ४.४, धनकुटाको ५.९, पोखराको ६.०, विराटनगर ७.८, नेपालगन्ज ८.५, धनगढीको ८.२, सिमराको १० डिग्री, भैरहवाको १०.६ डिग्री सेल्सियस छ।
प्रतिक्रिया