ad ad

समाज


हुस्सु/कुहिरोले ढाक्यो तराई, सावधानीका लागि २४ घण्टे चेतावनी जारी

हुस्सु/कुहिरोले ढाक्यो तराई, सावधानीका लागि २४ घण्टे चेतावनी जारी

केही दिनअघिको तस्बिर : सर्लाहीको हरिवनस्थित पूर्वपश्चिम राजमार्गमा देखिएको हुस्सु/कुहिरो


नेपालखबर
पुस २२, २०७९ शुक्रबार ७:३०, काठमाडौँ

आज (शुक्रबार) बिहानैदेखि तराई हुस्सु/कुहिरोले ढोकेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वदेखि पश्चिमसम्मै तराई–मधेश हुस्सु/कुहिरोले ढाकेको हो।

‘सिमरादेखि पश्चिमका हुस्सु/कुहिरो दिनभर बस्ने सम्भावना छ’, मौसमविद् कँडेलले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘पूर्वतर्फका चाहिँ घामसँगै हट्न सक्छ।’

हुस्सु/कुहिरोसहित शीतलहरले गर्र्दा तराईको जनजीवन कष्टकर भएको छ। अत्यधिक चिसोकै कारण त्यहाँका धेरैजसो शैक्षिक संस्था बन्द गरिएका छन्। 

मौसम महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गर्दै भनेको छ: तराईका धेरै भूभागहरूमा  बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन अनुरोध छ।’

वर्षा र हिमपातको भने आज कतै सम्भावना नरहेको मौसम महाशाखाले जनाएको छ। 

तापक्रम 
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको मौसमविद् कँडेलले जानकारी दिइन्। यो बिहान ५:४५ बजेको मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे पुनः लिइनेछ। त्यसबेलका देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .