चितवनको भरतपुरमा एक दम्पती मृत फेला परेका छन्।
भरतपुर महानगरपालिका २९ का प्रेम राना मगर र उनकी पत्नी शान्ति राना मगर मृत फेला परेका हुन्।
चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए।
करिब २७ वर्षीय प्रेम घरभित्र झुण्डिएको अवस्थामा र २५ वर्षीया शान्ति घरबाहिर भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन्।
प्रेमले श्रीमतीको हत्या गरेर आफू आत्महत्या गरेको अनुमान गरिएको भएपनि अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।
270
Shares
प्रतिक्रिया