ad ad

समाज


देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सतर्कताका लागि २४ घण्टे चेतावनी जारी
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर : मनाङ


नेपालखबर
पुस २८, २०७९ बिहिबार ७:०, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। 

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा तथा गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

बुलेटिनअनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  पनि जारी गरेको छ। 

जसमा भनिएको छ : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा  गण्डकी  प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा बाक्लो  हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम
बिहान ५:४५ बजेको मापनअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .