ad ad

समाज


सुमो दुर्घटनामा तीनको मृत्यु, पाँच जना घाइते

सुमो दुर्घटनामा तीनको मृत्यु, पाँच जना घाइते

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ९:३४,

मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .