ad ad

समाज


मद्दतको लागि गएका प्रहरी नै दुर्घटनामाः आठ घाइते, एक गम्भीर

मद्दतको लागि गएका प्रहरी नै दुर्घटनामाः आठ घाइते, एक गम्भीर

नेपालखबर
असार ११, २०७६ बुधबार ८:११,

 संघीय प्रहरी इकाइ कार्यालय काभ्रे (बागमती)को गाडी काभ्रेपलाञ्चोकको पनौतीमा दुर्घटना हुँदा आठ जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाको खड्गो भन्ने स्थानमा दुर्घटना भएको हो। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दिएको जानकारीअनुसार बुधबार बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएका एक स्थानीय युवाको विषयलाई लिएर विवाद बढेपछि थप मद्दतका लागि २१ जनाको टोली काभ्रेबाट गएको थियो।

गम्भीर घाइते भएका प्रहरी हवल्दार बलराम तामाङको अवस्था चिन्ताजनक रहेको छ। उनलाइ धुलिखेल अस्पतालले थप उपचारका लागि काठमाडौं ‘रिफर’ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .