ad ad

समाज


मंगलबारसम्मको मौसम अनुमान : सोमबार रातिदेखि वर्षा र हिमपातको सम्भावना

मंगलबारसम्मको मौसम अनुमान : सोमबार रातिदेखि वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर : जुम्ला


नेपालखबर
माघ ८, २०७९ आइतबार ६:५७, काठमाडौँ

अहिले (आइतबार बिहान) प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने हल्का हुस्सु/कुहिरो लागेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) प्रदेश १ का पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने बागमती र मधेश प्रदेश लगायत प्रदेश १ का  पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ। 

बुलेटिनअनुसार सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। तर सोमबार रातिदेखि भने देशका पश्चिमी प्रदेशहरूपमा हिउँ र पानी पर्ने सम्भावना छ।  

महाशाखाले जारी गरेको बुलेटिनअनुसार सोमबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

बुलेटिनअनुसार मंगलबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराईका  केही भूभागमा  बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनन हुन अनुरोध छ।

तापक्रम
आज बिहान ५:४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। तर यो अहिले ८:४५ बजे अपडेट हुनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .