ad ad

समाज


होडिङ बोर्ड हटाउने सरकारको निर्णयविरुद्ध व्यवसायी, तत्काल रोक्न माग

होडिङ बोर्ड हटाउने सरकारको निर्णयविरुद्ध व्यवसायी, तत्काल रोक्न माग

नेपालखबर
पुस १२, २०७६ शनिबार १०:३७,

साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ।

७५ हजारभन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको उक्त निर्णय तत्काल रोक्न माग गरेको हो। रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पनि माग गरेको छ।

बार्डहरु हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने माग गरिएको साइनोजका कोषाध्यक्ष अनन्त गौतमले बताए। उनले सम्पूर्ण सरोकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनुपर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरुको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको बताए।

विज्ञापन संघका अध्यक्ष रवीन्द्र रिजालले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गरेका छन्। होडिङ बोर्ड गृहमन्त्रालयले हटाउने कि, पर्यटन मन्त्रालयले हटाउने वा ट्राफिक प्रहरी कसले हटाउने? स्पष्ट नीति बन्नुपर्ने उनको भनाइ छ। उनले निमुखा मारेर वैदेशिक रोजगारीलाई पश्रय नदिन समेत आग्रह गरे।

गृहमन्त्रालयले बिहीबार शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाभित्र चार समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानीय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारबाही अघि बढाउने निर्णय गृहले गरेसँगै व्यवसायी आन्दोलित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .