तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ।
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।
‘अब तापक्रम धेरै घट्दैन, बिस्तारै बढ्ने क्रममा छ’, मौसमविद् अधिकारीले बिहीबार बिहान नेपालखबरसँग भने।
हिजो बुधबारको मापनअनुसार यस्तो छ तापक्रम विवरण :
हाल मौसम अवस्था
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव छ। यतिबेला (बिहीबार बिहान) गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको मौसमविद् अधिकारीले जानकारी दिए। ‘तर यो दिउँसो हटेर जाने खालको हो’, उनले भने।
तीन दिनको मौसम अनुमान
माघ १२ गते बिहीबार (आज)
दिउँसो ː प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १३ गते शुक्रबार
दिउँसो ː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति ː प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १४ गते शनिबार
दिउँसो ː प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति ː प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
स्रोत : मौसम पूर्वानुमान महाशाखा
Shares
प्रतिक्रिया