वातावरण विनाश तथा जलवायु परिवर्तनको विषयमा विश्वका शक्तिशाली नेताहरुलाई चुनौती दिइसकेकी स्वीडेनकी १६ वर्षीया यी किशोरीलाई विश्वले साथ दिइरहेको छ।
वातावरण संरक्षणको पक्षमा उल्लेखनीय भूमिका खेलेकोभन्दै उनले यसवर्ष मात्र ८ वटा विश्वका उत्कृष्ट अवार्ड पाइसकेकी छिन्।
इन्टरनेसनल चिल्ड्रेन्स पिस प्राइज, टाइम पर्सन अफ दि इयर, नेचर्स १०, राइट लाइभलीहुड अवार्ड उनले पाएका केही महत्वपूर्ण अवार्ड हुन्।
तर विश्वभरबाट साथ पाइरहेकी ग्रेटा थनबर्गसँग उनका पिता स्वान्ते थनबर्ग भने खुशी छैनन्।
बीबीसीसँग कुरा गर्दै स्वान्ते थनबर्गले आफू छोरीसँग खुशी नभएको धारणा राखेका हुन्।
‘विश्वव्यापी जलवायु परिवर्तन समस्याविरुद्धको आन्दोलनमा मेरी छोरीलाई अग्रपंक्तिमा राखिनु राम्रो कार्य होइन।’ उनी भन्छन्,‘छोरी यो काम गर्न निकै खुशी छिन्। तर उनले विद्यालय त्यागेको विषयले मलाई चिन्तित बनाएको छ।’
ग्रेटा थनबर्गले विद्यालय त्याग्न नहुने स्वान्ते थनबर्गको भनाइरहेको छ। बीबीसी
प्रतिक्रिया